कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

६ विद्यालयका विद्यार्थी एकै थलोमा

लालप्रसाद शर्मा

पोखरा — विद्यालय संख्या ६ । सबै विद्यालयमा ३ कक्षासम्म पढाई हुन्छ । सबै विद्यालयका गरी जम्मा विद्यार्थी ४२ जान । तीन कक्षामा एक र दुई कक्षामा ३ मात्रै विद्यार्थी छन्, अरु सबै कक्षा एकका । सबै विद्यार्थीलाई एउटै विद्यालयमा पढाईन्छ । आवासीय सुविधा छ । शिक्षक पनि संगै बस्छन । 

६ विद्यालयका विद्यार्थी एकै थलोमा

छ बिद्यालयका विद्यार्थी एकै ठाउँमा ? सुन्दा अचम्म लाग्न सक्छ । पोखरा– २५ हेम्जाको सुईखेत पुग्दा भने यो दृश्य देखिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका ३ र ४ वडाका (साविकको छोन्हुप गाविस) सबै ६ आधारभूत विद्यालयले घुम्ती विद्यालयका रुपमा पढाईलाई निरन्तरता दिईरहेका छन । चिसो बढेसंगै उपल्लो मुस्ताङवासी पोखरालगायत बेंशी झर्छन ।


अभिभावकसंगै विद्यार्थी पनि हिड्ने भएकाले उनीहरूको पढाई नबिग्रोस भनि दशकयता पोखरामा ल्याएर एकिकृतरुपमा पढाई संचालन थालिएको हो । सुरुमा भाडाको घरमा राख्ने गरिएकोमा विभिन्न दाताबाट सहयोग जुटाएर भवन बनाएर घुम्ती विद्यालय संचालनमा ल्याईएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हरीचन्द्र बन्जाराले बताए । ‘व्यवस्थापनमा सहज हुने भएकाले सबै विद्यालय एकीकृतरुपमा बस्ने गरिएको हो’ उनले भने, ‘एकत विद्यार्थी कम छन । सबैलाई एकै ठाउँमा राखेर पढाउँदा सहज हुने भयो । अर्को आर्थिकरुपमा पनि व्यवस्थापन सहज हुने गरेको छ ।’


सरस्वती, जनप्रभात, भृकुटी, बिरेन्द्र, दिब्यज्ञान र बुद्ध आधारभूत विद्यालयले एकीकृतरुपमा घुम्ती विद्यालय चलाएका हुन । सरस्वतीमा १ कक्षामा मात्र ६ विद्यार्थी छन । दिव्यज्ञानमा १२ विद्यार्थी रहेकोमा तीन कक्षामा एक, दुईमा २ र बाँकी सबै एक कक्षामा पढ्छन । भृकुटीमा १ मा ४ र २ मा १ विद्यार्थी मात्र छन । जनप्रभात, बिरेन्द्र र बुद्धमा क्रमश ६, ४ र ६ विद्यार्थी रहेकामा सबै कक्षा एकका हुन ।


अहिले यहाँ आएर पढ्ने विद्यार्थी जम्मा २५ जना छन् । विद्यार्थीलाई खान, बस्न, औषधोपचार र स्टेशनरी सबै निशुल्क हो । विद्यार्थी आउने क्रम जारी रहेको भृकुटीका प्रअ विष्णुप्रसाद सुवेदीले बताए । उनका अनुसार मुस्ताङ छोन्हुप–झिन्जु सामुदायिक घुम्ती स्कुलमा पढाउन थालिएको हो । दक्षिण कोरियाका प्रोफेसर किम जोङ योङको पहलमा कोरियाकै झिन्जु ठाउँबाट आर्थिक सहयोग जुटाएर भवन बनाईएको हो ।


मुस्ताङमा अत्याधिक चिसो हुने भएकाले हिउँदका करीव ५ महिना विद्यार्थीलाई घुम्ती विद्यालय मार्फत पोखराका विभिन्न स्थानमा पढाउने गरिन्छ । घुम्ती विद्यालयका लागि गाउँपालिकाले साढे ५ लाख र शिक्षा बिकास तथा समन्वय ईकाई मुस्ताङले प्रतिक्लस्टर साढे ३ लाख रुपैयाँ सहयोग गर्छन । गाउँपालिकाले आवस्यकतानुसार थप सहयोग पनि गर्ने जनप्रभातका प्रअ वाङदी गुरुङले बताए ।


शिक्षा बिकास तथा समन्वय ईकाई मुस्ताङका प्रमुख मतिलाल चपाईका अनुसार हालसम्म १८ सामुदायिक विद्यालय पोखरा झरीसकेका छन् । घिलिङको जनज्योति र घमीको घमी आधारभूत विद्यालय पहिलोपटक घुम्ती विद्यालयका रुपमा झर्ने तयारीमा छन । उपल्लो मुस्ताङमा लोमान्थाङ र लो–घेकर दामोदरकुन्ड गाउँपाकिाल छन । तीनमा १९ सामुदायिक विद्यालय छन ।


बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाबाट पनि यसपटक २ विद्यालय पोखरा झर्ने तरखरमा छन् । तल्लो मुस्ताङमा १७ विद्यालय रहेकोमा दुई विद्यालय घुम्तीमा जाने उनले बताए । ११ गुम्बा विद्यालयले संचालन अनुमति लिए पनि ८ वटामात्रै संचालनमा रहेका र ७ गुम्बा पनि घुम्तीको रुपमा जाने गर्छन । सामुदायिक विद्यालयमा छोसेरको दिव्यदीप मावि एउटैमात्र हो । दुई निजी विद्यालय पनि पोखरा झर्छन । ‘चिसोका कारण विद्यालय बन्द हुने र विद्यार्थीको पढाई पनि अवरुद्ध हुने भएपछि घुम्ती विद्यालयको अवधारणा आएको हो’ चपाईले भने, ‘सुरुमा समुदायस्तरबाट सुरु घुम्ती विद्यालयलाई पछि सरकारी स्तरबाट पनि सहयोग हुन थालेको हो ।’


गुम्बा, निजी विद्यालय र विदेशलगायत देशका विभिन्न स्थानमा पढ्न जाने भएकाले उपल्लो मुस्ताङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निकै कम हुने गरेको हो ।


अभिभावक मौसमी बसाई सर्ने भएकाले बालबालिकामात्रै गाउँमा बस्ने अवस्था नरहने र अत्याधिक चिसोका कारण पठनपाठनमा अबरोध हुने भएपछि उपल्लो मुस्ताङका बिद्यालय हिउँदका चारमहिना पुरै बन्द हुन्छन ।

प्रकाशित : कार्तिक २८, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?