कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मंगलबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सदरमुकाम बेनीदेखी २३ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेदेखि ३६ किमी मुस्ताङको घाँसा खण्डमा झरेका दर्जनबढी पहिरोले यातायात पूर्ण अवरुद्ध भएको हो ।


बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध छ । यातायात रोकिएपछि सयौं यात्रु अलपत्र छन् । बाढीले कटान गर्दा रुप्सेखोला माथीको मोटरपुल जोखिममा परेको छ । पहिरोले पुलको एकापट्टीको फाउण्डेसन भत्कन लागेको छ ।

‘म्याग्दी–मुस्ताङ सिमावर्ती १३ किमी खण्डमा बाढी पहिरोले सडक क्षतविच्छत भएको छ । म्याग्दीतर्फ गुईठे, द्वारीखोला, रुप्सेछहरा, काप्रे, बाँदरजुङ्ग र घाँसाखोलामा पहिरो गएकोले यातायात पूर्ण अवरुद्ध छ’ सडक विभागका सडक हेर्ने सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘डोजर तयारी अवस्थामा छन्, पहिरो रोकिएपछि सफागरी सवारी सञ्चालन हुन्छ ।’


पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ्गी स्याउलाई बजार ल्याउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि यात्रुमात्र होईन, दैनिक उपभोग्य सामाग्री बोकेर मुस्ताङ लागेका र स्याउ बोकेर तल ओर्लेका मालबाहक गाडीको लोमो लाईन लागेको छ ।


तस्बिर सौजन्य : इन्द्रसिं शेरचन

प्रकाशित : भाद्र २७, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?