११ दिने शिशुको शव फेला

हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका २ थालाजुङ खमारेमा पाँच दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको शव फेला परेको छ । मंगलबार घरभन्दा तीन सय मिटर पर खाल्डोमा गाडेको अवस्थामा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शिशुकी आमा १७ वर्षीय रस्मी गुरुङ भण्डारीले हत्या गरेको आशंका गरिएको छ । 

११ दिने शिशुको शव फेला

भदौ ८ गते रातको १२ बजे बच्चा हराएको भन्दै टेलिफोनबाट उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटना थप रहस्यमय बन्दै गएपछि रस्मी पक्राउ परेकी थिइन् । ‘रस्मीलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्या गरेको स्वीकारिन्,’ एसपी विमल बस्नेतले भने, ‘मंगलबार रस्मीको बयानअनुसार हामीले घर नजिकैको बारीमा गएर हेर्दा बोराले बेरेको अवस्थामा खाल्डोभित्र शव भेट्यौँ ।’


रस्मीले एक वर्षअघि गाउँकै १९ वर्षिय सवल भण्डारीसँग अन्तरजातीय विवाह गरेकी थिइन् । छोरीले अन्तरजातीय विवाह गरेकोमा रस्मीमा माइती पक्ष असन्तुष्ट थिए । छोरीलाई छुटाउन प्रयास भइरहेको अवस्थामा घटना भएको बुझेको प्रहरीले अनुसन्धानका लागि रस्मीकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?