कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बाबुबाट छोरी बलात्कृत

म्याग्दी — मालिका गाउँपालिका–५ का एक बाबुले आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

बाबुबाट छोरी बलात्कृत

शनिबार दिउँसो घरमा कोही नभएको अवस्थामा ५३ वर्षीय ती बाबुले बलात्कार गरेको पीडितले बताएकी छन् ।


‘बाबुबाट बलात्कृत भएको छोरीको जाहेरीपछि बाबुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ’ प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले भने, ‘सोधपुछ क्रममा साविति बयान गरेका छन् । पटक–पटक बलात्कार गरेको देखिन्छ ।’


आईतबार पीडित र आमाले ईलाका प्रहरी कार्यालय दरवागंमा उजुरी गरेका थिए । पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरी घट्नाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १२, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?