कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

नारायण शर्मा — बिनाअनुमति चलाइएका कक्षा बन्द गराउन वैद्धिक कर्मकाण्ड गुरुकुललाई शिक्षा कार्यालयले पत्र लेखेको छ । 
दुम्कौलीस्थित शास्वतधामद्वारा सञ्चालित गुरुकुलमा पठनपाठन हुँदै आएको कक्षा ८ बन्द गराउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र लेखेका हुन् ।

बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र

कक्षा ६ र ७ को अनुमति लिएर संस्कृत पठनपाठन गराउँदै आएको गुरुकुलले कक्षा ८ सञ्चालनको अनुमति माग्दै गत पुस ३० गते जिल्ला शिक्षा कार्यालय र देवचुली नगरपालिकामा निवेदन दर्ता गराएको थियो । कार्यालयले कक्षा ८ सञ्चालन गर्दै गर्नु र पछि अनुमति प्रदान गरिने छ भन्ने मौखिक आश्वासन दिएपछि कक्षा ८ सञ्चालन गरिएको गुरुकुल दाबी गरेको छ ।


नि:शुल्क आवास, अध्ययन अध्यापनको सुविधा उपलब्ध हुने गुरुकुलमा सञ्चालित कक्षा ८ को पढाई बन्द गर्ने निर्णयले विद्यार्थी र अभिभावक निराश भएका प्रशासनले बताएको छ । ‘सरकारी अनुमतिका लागि तोकिएको समयमै गुरुकुलले सरकारी निकायमा लिखित पत्र दर्ता गराएका थियो, अनुमति देलान्भन्दा विद्यालय बन्द गर्नु भन्ने ब्यहोराको पत्र एक्कासी पत्रपत्रिकामा देखियो ’ गुरुकुलका प्राचार्य विष्णु घिमिरेले भने, 'बन्द गर्ने विषय सार्वजनिक भएपछि बैतडीदेखि ताप्लेजुङसम्मका अभिभावक चिन्तित भएका छन् ।'


देवचुली नगरपालिका १३ का वडाध्यक्ष दिलबहादुर खत्रीले यस्तो दुरासययुक्त ब्यबहारले सनातन धर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?