लागु औषधसहित युवक पक्राउ 

स्याङ्जा — पुतलीबजार नगरपालिका–१ स्थित ट्याकसीचोकमा पैदल हिडेका एक युवालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।

लागु औषधसहित युवक पक्राउ 

शुक्रबार साँझ कास्कीकाे पोखरा लेखनाथ महानगरपालिका बसपार्क घर भएका २४ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको हो ।


अस्वभाविक रुपमा हिडिरहेको देख्दा शंका लागेर चेकजाँच गर्ने क्रममा पाइन्टको दुवै खल्तीमा डाइजेपाम २० पिस, फेनारगन २० पिस, नुरफिन २० गरी ६० पिस र नाइट्रेजेपाम १० ट्याब्लेट लागु औषध फेला पारि नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । रानाभाटबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बतायो ।

प्रकाशित : भाद्र ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?