१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लमजुङमा सुतली बम निष्क्रिय

कान्तिपुर संवाददाता

लमजुङ — राइनास नगरपालिका ५ सिम्ले र कैनीटारमा मंगलबार बिहान फेला परेको दुई वटा सुतली बम सेनाले निष्क्रिय पारेको छ ।

लमजुङमा सुतली बम निष्क्रिय

उदिपुरस्थित सेनाको श्रीजंग गणबाट गएको बम डिस्पोजल टोलीले विस्फोटक पदार्थ निष्क्रिय पारेको प्रहरीले जनाएको छ । सेनाले सुतली बम भएको पुष्टि गरेको छ । साढे २ सय मिटर फरकमा भेटिएको दुई सुतली बम सेनाले डिस्पोज गरेको डीएसपी यादव ढकालले बताए । शंकास्पद बस्तु भेटिएपछि स्थानीय डराएका थिए । धमिलिकुवाबाट बोराङखोला जाने सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले सेनालाई खबर गरेपछि डिस्पोजको गरिएको हो ।


नेकपाले विस्फोटक पदार्थ राखेर नागरिकलाई त्रसित बनाउन खोजेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आरोप लगाए । आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार बन्दको आह्वान गरेको हो ।

प्रकाशित : श्रावण २९, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?