२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
गण्डकी

Pradesh-4

भरुवा बन्दुकसहित पक्राउ

प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका-१ ठूलो धिमिरेका ४० वर्षीय पूर्णबहादुर विकलाई भरुवा बन्दुक निर्माण गरी विक्री वितरण गर्दै आएको सुराकीको आधारमा बुधबार उनलाई घरबाट पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ

पहिरोले जलविद्युत आयोजना बन्द

गाउँलेले चन्दा संकलन गरेर बनाएका यहाँका दुईवटा लघु जलविद्युत आयोजना बन्द हुँदा यहाँका दुईहजार घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । 

पहिरोले जलविद्युत आयोजना बन्द

मन्दिरको भेटी सामाजिक काममा

अन्नपूर्ण गाउँपालिकाको खयरवाराही मन्दिरले भेटी तथा दानको रकम सार्वजनिक गरी सामाजिक काममा खर्च गर्न थालेको छ । भेटी र दानको रकम बैंकमा जम्मा गरी त्यसको ब्याजबाट मन्दिरका पुजारी, सरसफाइ कर्मचारी, जेष्ठ नागरिक आश्रम र वेदविद्याश्रम संस्कृत विद्यालय आदि व्यवस्थापनमा खर्च गर्ने गरिएको हो ।

मन्दिरको भेटी सामाजिक काममा

फुटपाथ छेकेर व्यापार

साउनका सोमबार पोखरामा बैदामको केदारेश्वर र अरू दिन विन्ध्यवासिनी मन्दिरका फुटपाथ खुद्रे व्यापारीले ढाक्छन् । साउनका सोमबार शिवजीका मन्दिर धाउनेमध्ये बोलबम तीर्थयात्री बगरको गाईघाटमा पुग्छन् ।

फुटपाथ छेकेर व्यापार

पहिरो रोक्न गाडियो हलो

भासिएको जमिन र झर्दै गरेको पहिरो कसरी रोक्ने ? हामी प्राविधिकको सल्लाहअनुसारको उपाय लगाउनुपर्छ भनौंला तर दोर्दी गाउँपालिका ८ खिन्चोक बेंसीका स्थानीयले गाउँमाथिको जल्केनीपाखामा खेत जोत्न प्रयोग गरिने काठको हलो गाडेका छन् ।

पहिरो रोक्न गाडियो हलो

बेलिब्रिजले मनाङ आउजाउ सहज

म्यार्दी खोलामा नयाँ बेलिब्रिज सञ्चालनमा आएपछि सडक निर्माण भएको एक दशकपछि मनाङको यात्रा सहज भएको छ । म्यार्दी खोला लमजुङ र मनाङको सीमामा पर्छ ।

बेलिब्रिजले मनाङ आउजाउ सहज
श्रावण २२, २०७५

बाढीले पुल बगायो

लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।

बाढीले पुल बगायो

सडक बिग्रिएसँगै पर्यटक घटे

बर्खाले सडक बिगारेसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने पर्यटक घटेका छन् । यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक भित्रिएका थिए ।बाढीपहिरोले बाटो बिगार्दा यात्रा असजिलो र मौसम परिवर्तनले दृश्यावलोकन राम्रो नहुने भएकाले पर्यटक आगमन घट्छ ।

सडक बिग्रिएसँगै पर्यटक घटे

दुग्ध विकास विधेयक पारित

मन्त्रालयले नियुक्ति गर्ने उपाध्यक्षको उमेर र शैक्षिक योग्यता टुंगो नै नलगाई प्रदेशसभाको सोमबारको बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

दुग्ध विकास विधेयक पारित

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

जिल्लाका विभिन्न भागमा वर्ष दिनमा विपत्का विभिन्न घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने १३ घाइते भएका छन् ।बाढीपहिरो, करेन्ट, असिनापानी, चट्याङ, हावाहुरी र आगलागीलगायत ५८ घटना भएका हुन् ।

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

अस्पताल भवन निर्माण अलपत्र

क्षमता विस्तार गर्दै ५० शय्याको हुने भनिएको म्याग्दी जिल्ला अस्पतालको भवन निर्माण अलपत्र परेको छ । निर्माण सम्झौता भएको १८ महिनामा भवनको जगको पनि काम पूरा नगरी ठेकेदार आउन छाडेपछि यस्तो भएको हो ।

अस्पताल भवन निर्माण अलपत्र

नवजात शिशुको हत्या

नवजात शिशुकाे हत्या आरोपमा लमजुङ प्रहरीले एक अधबैंसे महिलालाई पक्राउ गरेको छ । दूधपोखरी गाउँपालिका २, भुम्लीचोककी ४५ बर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

नवजात शिशुको हत्या