राहदानी लिने महिला बढे

कान्तिपुर संवाददाता

म्याग्दी — जिल्लामा राहदानी बनाउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आव ०७४/७५ मा जिल्लाबाट जारी भएका २ हजार ५ सय ८५ राहदानीमध्ये १ हजार ३ सय ४१ जना महिला छन् ।

राहदानी लिने महिला बढे

प्रशासनले थप ८२ थान राहदानी फारम परराष्ट्र मन्त्रालयमा पठाएको जनाएको छ । राहदानी लिनेमा पुरुषभन्दा महिला संख्या १ सय ५ जनाले बढी छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार राहदानी बनाउनेको संख्यामा पनि वृद्धि भएको छ । आव ०७३/७४ मा साधारणतर्फ २ हजार ५ सय ९५ जनाले राहदानी बनाएका थिए । बढी शुल्क बुझाएर गत वर्ष दु्रत माध्यमबाट राहदानी लिने १ हजार ४ सय ८६ जना छन् ।

राहदानीका लागि फारम बुझाउनेमा महिला संख्या नै बढी छ । रकम बुझाएर प्रक्रिया पुगेपछि तयार भए पनि लिन नआएका सन् २०११ देखि यताका २ सय ३५ राहदानी जिल्ला प्रशासन कार्यालयमै छन् । यी राहदानी ७० प्रतिशत महिलाका छन् । ‘पुरुषहरू विदेश भएकाले श्रीमान्सँग जान श्रीमतीहरूले राहदानी बनाएका हुन सक्छन् । विदेश पढ्न र रोजगारीमा जाने महिलाको संख्या पनि अधिक छ,’ राहदानी फाँटका नायब सुब्बा राजेश पौडेलले भने ।

प्रकाशित : श्रावण १२, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?