कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डा. केसीको जीवन रक्षा माग गर्दै तनहुँमा प्रदर्शन

प्रताप रानामगर

दमौली — अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघ तनहुँले शुक्रबार दमौलीमा प्रर्दशन गरेको छ । जुम्लामा अनसनरत डा.केसीलाई सरकारले अपहरण शैलीमा काठमाडौ लगिएको भन्दै संघले विरोध जनाएको छ । 

डा. केसीको जीवन रक्षा माग गर्दै तनहुँमा प्रदर्शन

भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै बृहत र्‍याली निकालेको थियो । क्याम्पसबाट सुरु भएको र्‍याली गणेशमानचोक, सफासडक हुदै दमौलीको मुख्य चोकमा कोणसभा गरेका थिए ।


र्‍यालीमा सहभागीहरुले डा.केसीको साथमा छौं, डा.केसीको जीवन रक्षा गर, सरकारी गुण्डागुर्दी अन्त्य गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारासहित प्रदर्शनमा उत्रिएका थिए ।


माथेमा कार्यदलको सुझावअनुसार चिकित्सा विधेयक बनाउनका लागि दबाबमूलक प्रर्दशन गरिएको संघले जनाएको छ । प्रदर्शनमा नेपाल मानव अधिकार संगठन तनहुँले ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?