१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भूकम्पपीडितलाई बल्ल पहिलो किस्ता

– सरकारले भूकम्पपीडितका लागि ६३ करोड १४ लाख निकासा पठायो
– जिल्लाका १० वटै स्थानीय तहमा सवइन्जिनियर खटाइए

दमौली — भूकम्पको करिब तीन वर्षपछि तनहुँका भूकम्पपीडितले घर निर्माणका लागि अनुदानको पहिलो किस्ताको रकम पाएका छन् । १४ हजार २ सय ८७ भूकम्पपीडितमध्ये ९० प्रतिशतका लागि सरकारले पहिलो किस्ताको रकम सम्बन्धित गाउँ र नगरपालिकामा पठाएको हो । 

भूकम्पपीडितलाई बल्ल पहिलो किस्ता

६३ करोड १४ लाख रुपैयाँ निकासा पठाइएको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले जनाएको छ । भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम पठाइसकिएको जिल्ला समन्वय अधिकारी अन्जनराज न्यौपानेले बताए । ‘नाम र लाभग्राही नम्बर मिलेका सबैलाई पहिलो किस्ता निकासा गरियो,’ उनले भने, ‘नमिलेकाको रकम रोकिएको छ । तर, उनीहरुले नाम तथा नम्बर सच्याउने काम भइरहेको छ ।’


पहिलो किस्ता रकम निकासासँगै जिल्लाका १० वटै स्थानीय तहमा सवइन्जिनियर खटाइएको छ । उनीहरुले घर पुनर्निर्माण गर्दा मापदण्डअनुसार डीपीसी गरे/नगरेको अवलोकन गर्नेछन् । अध्ययनका आधारमा फोटोसहित आवश्यक कागजात संकलन गरी सहरी विकास मन्त्रालयमा पठाउने छन् । ती दस्तावेज मूल्यांकन गरी दोस्रो किस्ताको रकमका लागि प्रक्रिया अगाडि बढ्ने अधिकारी न्यौपानेले बताए ।


घर निर्माण थालेर पहिलो किस्ता पाएका ऋषिङ गाउँपालिकाका आठ, बन्दिपुरका ९१, आँबुखैरेनीका १८ र व्यास नगरका ८३ घर लाभग्राहीका लागि दोस्रो किस्ताको रकम निकासा गर्न माग गरिएको जिससले जनाएको छ । ‘बैंकबाट तीन लाख ऋण लिएर घर बनाउन थालेको हो, ५० हजार त डीपीसीमै सकिने रैछ,’ बन्दिपुरकी आइतमाया नेपालीले भनिन्, ‘बैंकलाई महिनाको ७ हजार किस्ता तिर्नु परेको छ । अनुदानको पैसा छिटो पाए राहत हुन्थ्यो ।’ ज्यालामजदुरी गर्ने परिवारका लागि घर बनाउनु ठूलो ऋणको भारी भएको उनले बताइन् । उनीजस्तै धेरै जनाले अनुदानको रकम प्राप्त हुने आसमा घर निर्माण थालिसकेका छन् ।


जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार तनहुँमा सबैभन्दा बढी भानु नगरपालिकामा ४ हजार २ सय १९ र कम भएकोमा २ सय ५४ जना घिरिङ गाउँपालिकामा भूकम्पपीडित छन् ।

प्रकाशित : वैशाख २, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?