कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

खोलाले बगाएर वृद्धको मृत्यु

श्रावण २७, २०८१

हेटौंडा — मकवानपुरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । 

बकैया गाउँपालिका-५ पावसस्थित सिमात खोलाले बगाएर ६५ वर्षीय आशाकाजी दोङको आइतबार मृत्यु भएको हो । वकैयाको गरगरेस्थित कृषि विकास बैंकमा चेक साट्नका लागि आइतबार बिहान दोङ घरबाट निस्केका थिए । हिउँदमा तर्ने सिमात खोलाको जगाँरबाट खोला तर्न लाग्दा दोङलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

खोलामा बाढी आएकाले उनलाई बगाएर करिब ७ सय मिटर तल पुर्‍याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दोङको चेक भने प्रहरीले फेला पार्न सकेको छैन ।

प्रकाशित : श्रावण २७, २०८१ १६:२१
×