कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

आदिवासी जनजातिको भाषा संरक्षण गर्न आवश्यकता : मुख्यमन्त्री लामा

श्रावण २५, २०८१
आदिवासी जनजातिको भाषा संरक्षण गर्न आवश्यकता : मुख्यमन्त्री लामा

भरतपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन् ।

३०औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताए ।

एउटा समुदायको भाषा अर्को समुदायले प्रस्ट नबुझ्दा कतिपय नामथर र स्थानको नाम बिग्रिएको बताउँदै उनले त्यसका लागि आदिवासी जनजातिका भाषा गैर आदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको बताए । नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिले आआफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए ।

महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार विसं २०५५ मा स्थापना भएको महासंघमा हाल १७ जाति साङ्गठनिक रूपमा आबद्ध भएका छन् । करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा अन्य जातिलाई पनि समेट्ने प्रयास भइरहेको अध्यक्ष दुराले जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०८१ २१:३४
x
×