कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अबैधरुपमा ल्याइएको खाद्य सामाग्री बरामद 

श्रावण २३, २०८१
अबैधरुपमा ल्याइएको खाद्य सामाग्री बरामद 

काभ्रे — अवैध्ररुपमा ल्याइएको खाद्य सामाग्री जिल्ला प्रहरी कार्यालय काभ्रेले  बरामद गरेको छ ।

धुलिखेलबाट काठमाडौंको गोकर्णेश्वरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ ख ०२१८ नं. को ट्रक रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अवैधरुपमा ल्याइएको बासमती चामल ५ बोरा, अन्नपूर्ण चाम ४० बोरा, दाल २५ बोरा, केराउ ५ बोरा, चिनी १५० बोरा बरामद गरिएको छ ।

ट्रकसँगै चालक महोत्तरीको बर्दिबास नगरपालिका-१ खयरमारा बस्ने वर्ष ३९ का हिरा तामाङलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : श्रावण २३, २०८१ १५:१०
x
×