कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

घाँटीमा हड्डी अड्किएर छामबहादुरकाे निधन

श्रावण २३, २०८१
घाँटीमा हड्डी अड्किएर छामबहादुरकाे निधन

चितवन — घाँटीमा हड्डी अड्किएर बुधबार भरतपुरकाे सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका ५९ वर्षीय छामबहादुर रानामगरकाे निधन भएकाे छ ।

तनहुँ भिरकाेट पिपलबारीका छामबहादुर छाेरीकाे घर नवलपरासी गैंडाकाेट नगरपालिका-१ गंगानगर आएका थिए ।

बुधबार बिहान मासु र खाना खाँदा उनकाे घाँटीमा हड्डी अड्किएकाे थियाे । भरतपुर अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।

प्रकाशित : श्रावण २३, २०८१ १६:११
x
×