काभ्रे — गए रातीदेखि आएको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ ।
मंगलबार बिहान काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित माम्ती सडक खण्डमा अविरल वर्षाका कारण खहरे खोलाबाट लेदोसहित आएको बाढीले यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण अहिले बीपी राजमार्गअन्तर्गत सो सडक खण्डमा दुईतर्फी नै यातायात सञ्चालनमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीे, स्थानीय निकाय र सडक विभागसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : श्रावण २२, २०८१ १२:०४