काभ्रे — काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मंगलबार बिहान १०:४५ बजे काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुरमा ढलको मकलमा छिरेर एक महिला बपेत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ढलमा छिरेर बपेत्ता भएकी महिला रामेछापको खाँडादेवी गाउँपालिका-३ की ५० वर्षीया भगवती भागदास रहेकी छन् ।
खोजतलास गर्ने क्रममा ११:३५ बजे बगाएको स्थानबाट अन्दाजी ३०० मिटर तल खेतमा तैरिएर मृत अवस्थामा उनलाई प्रहरीले फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
प्रकाशित : श्रावण २२, २०८१ १२:३१