कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

नारायणी किनारमा बाघ : हात्ती तर्सिएपछि नियन्त्रणमा लिन कठिन

श्रावण २०, २०८१
नारायणी किनारमा बाघ : हात्ती तर्सिएपछि नियन्त्रणमा लिन कठिन

चितवन — नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक जनालाई आक्रमण गरेर नरकट झाडीमा १२ घण्टाअघि लुकेकाे बाघ अझै नियन्त्रणमा आएकाे छैन । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको छ ।

बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण काेष साैराहामा प्राविधिकहरू मध्यान्हदेखि खटेका छन् ।

बाघले आइतबार बिहान साढे ५ बजे तिर नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएकाे थियाे । बाघ नियन्त्रणमा लिन तीनवटा हात्ती आए पनि बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका छन् ।


ती हात्ती भागेपछि साैराहाबाट थप दुई हात्ती आउँदै छन् । नारायणगढ लिलाचाेक र पाेखराबसपार्क बीचमा रहेकाे रेयुकाइ कार्यालय आडकाे नारायणी किनारमा बाघले आक्रमण गरेकाे थियाे ।

प्रकाशित : श्रावण २०, २०८१ १८:०८
x
×