कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

रासस

मुग्लिन (चितवन) — पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी  नै यातायात आवागमन रोकिएको थियो । 

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन् । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।

प्रकाशित : असार २७, २०८१ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×