कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बरौलीले खोलाले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ स्थित बरौली खोलाले बगाउँदा १० वर्षीया रसमती वलको मृत्यु भएको हो  ।

वल बुधबार बेलुका खेतमा जाँदा खोला हेर्ने क्रममा एक्कासि चिप्लिएर बरौली खोलामा खसेकी थिइन् । खोलामा बाढी आएका कारण उनलाई बगाएर केही तल पुर्‍याएको थियो ।

बालिकाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २७, २०८१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×