कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बाढीले निर्माणाधीन सासा जलविद्युत् आयोजनाको बाँध भत्कियो 

दोलखा — गौरीशंकर गाउँपालिका–७ खानी खोलाको बाढीले निर्माणाधीन सासा जलविद्युत् आयोजनाको बाँधस्थल पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ ।

बाढीले निर्माणाधीन सासा जलविद्युत् आयोजनाको बाँध भत्कियो 

मंगलबार मध्यरातिको बाढीले ३० मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको बाँधस्थलका संरचना बगाउनुका साथै क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ ।

आयोजनामा प्रयोग भएका केही सवारीसाधनलाई पनि बाढीले क्षति गरेको प्रहरीले जनाएको छ । खानी खोलाको बाढीले गौरीशंकर–६ चंखु र ७ मार्वु जाने मुख्य सडक पनि बगाएको छ । जसका कारण त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।

सडक बाढीले बगाएपछि मार्वु सम्पर्क बिच्छेदमा परेको छ । अविरल बर्षाका कारण सदरमुकाम चरिकोटको एक घर पनि भासिएर लडेको छ । उक्त घरमा रहेका पसल तथा होटलका सामग्री सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन् ।

निरन्तरको वर्षाका कारण तामाकोशी र यसका सहायक खोलामा जलसतह सर्तकता भन्दा माथि भएकाले तटीय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित : असार २६, २०८१ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×