कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

करेन्ट लागेर मकवानपुरमा एक युवकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — करेन्ट लागेर मंगलबार राति एक युवकको मृत्यु भएको  छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो  । 

स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युत्को पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेर मुचुल्का मंगलबार राति नै उठाएर पोस्टमार्टमका लागि शव बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।


प्रकाशित : असार २६, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×