कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वाग्मती प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेको आग्रह

सुवास विडारी

मकवानपुर — नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न आग्रह गरेको छ । एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले मंगलबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार स्पष्टरुपमा अल्पमतमा परिसकेको दाबफ गर्दै दीर्घकालिन असर पार्ने निर्णय नगर्न आग्रह गरेका हुन् ।

वाग्मती प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेको आग्रह

‘सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले तत्काल महत्त्वपूर्ण निर्णय नगर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा छ । एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन सुझाएको छ ।

देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले पहलकदमी लिएको र सोही अनुसार प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन पनि एमालेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै वर्तमान सरकारमा रहेका ५ जना मन्त्रीहरूले सोमबार राजीनामा पनि दिइसकेका छन् ।

प्रकाशित : असार २५, २०८१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×