कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लागुऔषध नाइट्रोभेटसहित दुईजना पक्राउ

काठमाडौँ — मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिका–६, बज्रबाराहीमा प्रहरीले अवैध लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–८ मातातीर्थ बस्ने ३० वर्षीय अरविन खरेल र पछाडी सवार कैलाली जिल्ला टिकापुर नगरपालिका–६ बस्ने २७ वर्षीय अंकित अधिकारी रहेका छन् ।

शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा कुलेखानी सडक खण्डमा लागुऔषध लुकाई छिपाई ल्याउँदै छ भन्ने विशेष सुचनाको अधारमा बज्रबाराही मकवानपुरबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०६–०१ प ३७६६ नम्बरका मोटरसाइकललाई सुरक्षा जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुको साथबाट १० एम जीको लागुऔषध नाईट्रोभेट ११ २२पत्ता) फेला पारेको थियो ।

लागूऔषध नाईट्रोभेटसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०८१ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×