कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ

मकवानपुर — मकवानपुर प्रहरीले जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिका–५, ठूलो खोल्साबाट अवैध लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राक्सिराङ–८ का २१ वर्षीय अशोकलाल मोक्तान, ३१ वर्षीय दीपक मोक्तान र ३५ वर्षीय बुद्धिलाल मोक्तान रहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ

शुक्रबार राति ८ बजेको समयमा प्रहरी निरीक्षकसहितको गस्ती टोलीले पैदल हिँडिरहेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा भेटिएको झोलामा लागूऔषध गाँजा फेला पारेको हो ।

प्रहरीले झोलाबाट ८ किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित तीन नै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ । यस क्षेत्रमा बढी गाँजा खेती हुने गरेको छ ।


प्रकाशित : असार ८, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×