कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

काभ्रेको बिर्तादेउरालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

काभ्रे — काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर–८ स्थित बिर्तादेउरालीमा मोटरसाइकद्य दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

काभ्रेको बिर्तादेउरालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

बुधबार साँझ बिर्तादेउराली स्वास्थ्य चौकीनजिकै मध्यपहाडी लोकमार्गमा वाग्मती प्रदेश ०२ –०३० प ३२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ९ का २५ वर्षीय कुमार लामा रहेका छन् । उनलाई धुलिखेल अस्पतालले बुधबार राति १० बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार तेमाल गाउँपालिका वडा नम्बर–५ का ४० वर्षीय सरोज लामा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×