कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

ब्रेक फेल भएर काभ्रेमा जिप दुर्घटना, ४ जना घाइते 

काभ्रे — काभ्रेको रोशी गाउँपालिका १० डाँडागाउँमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

ब्रेक फेल भएर काभ्रेमा जिप दुर्घटना, ४ जना घाइते 

बनेपाबाट महाभारत गाउँपालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ०७७९ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडक छेउमा पल्टिँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा घाइते हुनेहरुमा महाभारत गाउँपालिका ७ बन्खुका २९ वर्षीय सबिन ग्लान, ५५ वर्षीय दुर्गाबहादुर पाख्रिन, १७ वर्षीय सोनाम मोक्तान र जोमामाया पाख्रिन रहेका छन् ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३०, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×