कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

काभ्रे — नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार सम्पन्न भएको एमाले काभ्रेको १३ औं अधिवेशनबाट अध्यक्ष पदमा भुर्तेल विजयी भएका हुन् ।

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल विजयी

निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले हराउँदै भुर्तेल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका लागि राजनले ३८० मत र चन्द्रले २९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार, उपाध्यक्ष पदमा देव सागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रंजितकार, उपसचिव महिलातर्फ सूर्यमाया दनुवार निर्वाचित भएका छन् । विद्युतीय मेसिनबाट मतदान सम्पन्न भएको निर्वाचनमा ६७९ मत खसेको थियो । कुल ६८६ जना मतदातामध्ये ७ जना निर्वाचनमा सहभागी भएका थिएनन् ।

प्रकाशित : जेष्ठ ३०, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×