कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

साथीसंगीसँग नुहाउन गएकी वडा नं ६ कै मेवाबोटेकी ३० वर्षीय चन्द्रकला हायूको सुनकोसी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशीमा बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्द काफ्लेले जानकारी दिए । हायूको शवको मंगलबार नै सिन्धुली अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै नदीनालामा नुहाउन जानेहरुको संख्या बढेकाले सचेत हुने समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x