कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

भीमफेदीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, तीन गम्भीर

सुवास विडारी

मकवानपुर — अनियन्त्रित भएर कार दुर्घटना हुँदा मकवानपुरमा दुईजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

भीमफेदीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, तीन गम्भीर

भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा एक बालक र एक युवकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १ वर्षीय बालक र करिब ४० वर्षीय युवक रहेका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.६ च ९३६९ नम्बरको कार अनियन्त्रित हुँदा दुर्घटना भएको हो । कार सडकबाट करिब साढे २ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक र घाइतेहरुको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो ।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई थप उपचारका लागि हेटौंडा ल्याइएको छ ।


प्रकाशित : जेष्ठ १६, २०८१ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x