कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

न्याय र समानताको आधारमा प्राप्त उपलब्धिको संरक्षण गरौँ : प्रदेश प्रमुख

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव शर्माले न्याय र समानताको आधारमा प्राप्त उपलव्धिको संरक्षण–प्रर्वद्घन गर्दै थप उपलब्धिका लागि क्रियाशील रहन जरुरी रहेको औंल्याएका छन् ।

न्याय र समानताको आधारमा प्राप्त उपलब्धिको संरक्षण गरौँ : प्रदेश प्रमुख

गणतन्त्र दिवसको सन्दर्भमा हेटौंडामा आयोजित प्रभातफेरीपश्चात् सम्बोधन गर्दै उनले प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गर्दै समतामूलक एवम् शोषणरहित समाजको निर्माण गर्न जरुरी रहेको बताएका हुन् । ‘राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवम् समुन्नत बनाउने दिशामा अघि बढ्नु आजको प्रमुख आवश्यकता हो ।’, उनले सहिष्णुतामा आधारित सामाजिक, सांस्कृतिक मूल्यहरुको विकास गर्न जरुरी रहेको बताए ।

‘सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने दिशामा हामी अघि बढ्नु पर्दछ ।’, उनले ‘जनता नै प्रथम हुन’, भन्ने गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मलाई कार्यप्रणालीमा रूपान्तरण गर्न सकिए यो व्यवस्थाले द्रुत गतिमा जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने दाबी गरे ।

गणतन्त्र दिवस मूल समारोह समिति वाग्मती प्रदेशको आयोजनामा भएको प्रभातफेरी हेटौंडा–४ स्थित भुटनदेवी उमाविको खेल मैदानबाट सुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतले मन्तव्य व्यत्त गरेका थिए । सभामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०८१ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x