२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ठगी मुद्दामा सहकारीका प्रमुख कार्यकारी निर्देशक पक्राउ

काभ्रे — ठगी मुद्दामा सहकारीका प्रमुख कार्यकारी निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ घर भई बनेपा नगरपालिका ७ बस्दै आएका ३४ वर्षीय पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक कुमार गौतम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायक उपरीक्षक श्रेष्ठका अनुसार, ठगीसम्बन्धी कसुर मुद्दा सिलसिलामा उनलाई काभ्रेबाट खटिएको प्रहरी टोलीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको हो । सहकारी ठगीको विषयमा बचतकर्ताहरुले उनीविरुद्ध उजुरी दिँदै आएका थिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २९, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?