२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विद्यार्थीलाई विपद् व्यवस्थापन र आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप प्रशिक्षण

दोलखा — भीमेश्वर नगरपालिकाका ३ हजार ५ सय विद्यार्थीलाई विपद् व्यवस्थापन, आत्मरक्षा र प्राथमिक उपचार पद्धति सिकाउन आइतबारदेखि व्यवहारिक सीप प्रशिक्षण सुरु भएको छ ।

विद्यार्थीलाई विपद् व्यवस्थापन र आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप प्रशिक्षण

भीमेश्वर नगरपालिकाले कोच नेपालको सहकार्यमा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा एक हप्ताको व्यवहारिक सीप प्रशिक्षण दिन लागेको हो । घरमा हुने ग्याँसजन्य आगजनी नियन्त्रण र प्राथमिक उपचार पद्धति विद्यार्थीलाई सिकाइने कोच नेपालका संयोजक सिमोन खत्रीले बताए ।

कक्षा ८, ९ र १० का छात्रालाई आत्मरक्षा तालिम पनि दिइने उनको भनाइ छ । ‘नगरपालिकाका ९ वटा वडाका १२ वटा विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम दिन लागेको हौं,’ उनले भने, ‘योसँगै विद्यार्थी विपद न्यनिकरण र प्राथमिक उपचार पनि सिकाउने छौं ।’

विद्यालयस्तरमै विपद व्यवस्थापनको जानकारी दिन र घरमा हुने विपदजन्य घटना न्यूनिकरणमा सहयोग र प्राथमिक उपचार तत्काल कसरी गर्न सकिन्छ भनेर विद्यार्थीलाई सीप सिकाइने उनले बताए ।विद्यार्थीसँकै केही वडामा आमा समूहलाई पनि घरमा हुने आगलागिका घटना न्यूनिकरण र भइहाले कसरी व्यवस्थापन गर्ने सीप सिकाइन लागेको उनले बताए ।

फागुन २० बाट सुरु भएको व्यवहारिक सीप प्रशिक्षण चैत्र २ गतेसम्म चल्ने छ । कोच नेपालले सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद व्यवस्थापन र प्राथमिक उपचारको व्यवहारिक सीप सिकाउदै जिल्लाका अन्य विद्यालयमा पनि गर्दै आएको उनले बताए ।


प्रकाशित : फाल्गुन २०, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?