कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विद्यार्थीले बनाएका प्रविधि प्रदर्शनी

दोलखा — सामुदायिक विद्यालयका विद्यार्थीले बनाएका आधुनिक प्रविधिका उपकरणको प्रदर्शनी शुक्रबार चरिकोटमा गरिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई नयाँ प्रविधीमा प्रतिस्पर्धासहित आकर्षित गर्ने उद्धेश्यले विद्यार्थीका नवीनतम सोचले बनेको प्रविधि‍हरु प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीले बनाएका प्रविधि प्रदर्शनी

कृषिमा आधुनिकीकरण, वातावरण र उर्जाका विषयमा दोलखाका सामुदायिक विद्यालयका बनाएका विज्ञानका नवीनतम उपकरण र त्यसको प्रयोगका विषयमा प्रदर्शनी जानकारीसमेत विद्यार्थीले गराएका छन् ।

कालिञ्चोक माध्यमिक विद्यालयका व्यवस्थापनमा जिल्ला शिक्षा समन्वय इकाइको आयोजनामा भएको प्रदर्शनीमा जिल्लाका नौं स्थानीय तहबाट उत्कृष्ठ भएर आएका नौं वटा विद्यालयका विद्यार्थीले तयार पारेका नवीनतम सोचहरु प्रदर्शनी गरिएको हो ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न र नयाँ प्रविधिमा सिप विकास गर्ने उद्धेश्यले विज्ञान प्रदर्शनी गरिएको इकाइका प्रमुख शंकरबाबु श्रेष्ठले बताए । मुख्यगरी कृषिमा कसरी आधानुकीकरण गर्न सकिन्छ भनेर विद्यार्थीले पहाडी क्षेत्रमा बिउविजन रोप्ने र बाली काट्न सक्ने उपकरणको नमुना प्रदर्शनी गरिएको थियो ।

यस्तै, सौर्य उर्जालाई प्रयोग गर्नेदेखि वातवरणीय स्वच्छ गाउँ निमार्ण गरेर विद्यार्थीले प्रदर्शनीमा आएकाहरुलाई बुझाएका थिए । प्रदर्शनीमा गौरीशंकर गाउँपालिकाको हलेश्वरमा माध्यमिक विद्यालयले बनाएको वातावरण र कृषिमा नवीनतम प्रयोग प्रथम बनेको छ । उक्त विद्यालयले दोलखाको प्रतिनिधित्व गर्दै वाग्मती प्रदेशमा प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?