१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विभिन्न मुद्दामा फरार रहेका ३ जना अभियुक्त पक्राउ 

ज्योती श्रेष्ठ

काभ्रे — विभिन्न मुद्दामा फरार रहेका ३ जना अभियुक्त पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-२ का ४० वर्षीय वसन्त लामा, नमोबुद्ध नगरपालिका-५ का ४५ वर्षीय मोहन सिं लामा र बेथानचोक गाउँपालिका-६ भुग्देउ घर भइ बनेपा नगरपालिका-९ बस्दै आएका ४४ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, प्रहरीले वसन्तलाई चेक अनादर मुद्दामा फाल्गुन १७ गते पक्राउ गरेको हो । उनलाई चेक अनादर मुद्दामा जिल्ला अदालत ललितपुरले २०७९ जेष्ठ १० गते २ हजार रुपैयाँ सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।

त्यस्तै, मोहनलाई प्रहरीले बहुविवाह मुद्दामा फाल्गुन १८ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनलाई बहुविवाह मुद्दामा जिल्ला अदालत काभ्रेपलान्चोकले २०७६ माघ ८ गते ३ हजार रुपैयाँ सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।

त्यस्तै, बैंकिङ कसुर मुद्दामा प्रहरीले दिपकलाई फाल्गुन १८ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बैंकिङ कसुर मुद्दामा दिपकलाई जिल्ला अदालत काभ्रेपलान्चोकले १ करोड रुपैयाँ जरिवाना सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलान्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?