कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रूख काट्ने क्रममा महिलाको मृत्यु

केदार शिवाकोटी

दोलखा — दोलखाको जिरीमा रूख काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

जिरी नगरपालिका-९ ठूलोपातलको लहरेमानेमा रूखले किचेर ३८ वर्षीया अनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार मध्याह्न बारीको रूख काट्ने क्रममा अचानक रूख ढलेर किच्दा गम्भीर घाइते भएकी तामाङलाई उपचारका क्रममा जिरी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान् जीतवीरसँगै घर नजिकको बारीमा रुख काट्ने क्रममा अनिताको टाउकोमा बज्रिएर गम्भीर घाइते भएकी थिइन् ।

तामाङ मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन ११, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?