१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दामन सिमभन्ज्याङमा हिमपात

प्रताप विष्ट

हेटौडा — मकवानपुरको सबैभन्दा उचाइमा रहेको दामन सिमभन्ज्याङ क्षेत्रमा बिहीबार अपरान्ह हिमपात र वर्षा भएको छ । हिमपात र वर्षाले उक्त क्षेत्रका कृषकहरुमा खुसीयाली छाएको छ ।

दामन सिमभन्ज्याङमा हिमपात

दामन सिमभन्ज्याङ क्षेत्रमा परेको हिमपातका कारण त्रिभुवन राजपथमा चल्ने सवारी साधनहरु उक्त क्षेत्रमा आवत जावत गर्न समस्या भएको छ । यो क्षेत्रमा यसवर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।

लामो समयदेखि वर्षा नहुँदा आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् । थाहा नगरपालिकाको सिमभन्ज्याङ र दामन क्षेत्रमा हिमपात भएको र तल्लो भेगमा पानी परेको स्थानीय पत्रकार सुरज भुजेलले बताए ।

'पानी परेपछि थाहा नगरपालिकाका कृषकहरु खुसी भएका छन्,' खुसी पोख्दै किसान रामबहादुर केसीले भने, ‘खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भएपनि वर्षा भयो, राम्रो भयो ।' हिमपात भएपछि पर्यटकीयस्थल दामनमा हिउँ खेल्नेहरु पुगेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?