कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खैरहनीमा एक युवक मृत फेला

रमेशकुमार पौडेल

चितवन — खैरहनी नगरपालिका-२ चैनपुरमा एक जना युवकको शव भेटिएको छ । मंगलबार बिहान ६.५० बजे चैनपुरमा बन्दै गरेको हर्बल कम्पनीको पर्खालआडमा घाँटीमा चक्कु रोपिएको अवस्थामा युवकको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।

मृतक चैनपुरकै २४ वर्षीय कृष्णप्रसाद खनाल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए । घटनाका बारेमा अनुसन्धान सुरु भएको उनको भनाइ छ ।



प्रकाशित : फाल्गुन ८, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?