कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
हेटौंडँ उपमहानगरपालिकाको ५५ औ स्थापना दिवस

आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्छ : कृषिमन्त्री भुसाल

प्रताप विष्ट

हेटौंडा — कृषि तथा पशुपन्छी विकासमन्त्री बेदु राम भुसालले हेटौंडा उपमहानगरपालिका मुलुकको विकास गर्ने पालिकामध्ये एक रहेको बताएका छन् । उनले पालिकाहरूलाई आर्थिक उत्पादनसँगसँगै पालिकावासीहरूको जीवनस्तर उठाउन प्रयत्नशील रहन आग्रह गरे ।

आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्छ : कृषिमन्त्री भुसाल

हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसका अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले आधुनिक प्रविधि प्रयोग गरेर कृषिको उत्पादन वृद्धि गर्नु पर्ने बतँए । उनले भने, 'खाद्यान्न आयातलाई प्रतिस्थापन गर्नका लागि हामीले उत्पादन बढाउनै पर्छ ।’

उपमहानगरपालिकाले नगरवासीका जीवनस्तर उकास्नका लागि कृषि र पशुपालनमा जोड दिनु पर्ने बताए । तीनै तहको सरकार मिलेर काम गरे कृषि र पशुपालन क्षेत्रमा फडको मार्न सकिने बताउँदै उनले भने, ‘कृषि र पशुपालन क्षेत्रबाट नै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । मित्रराष्ट्र चीनसँग भैसीको मासुको निर्यात गर्न सहमति भएको छ ।' उक्त सहमति कार्यान्वयन आएपछि भैसीपालन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले बोलेका थिए ।

उपमहानगरपालिका स्थापना दिवसको अवसरमा पत्रकार, समाजिक संघसंस्था, पूर्व जनप्रतिनिधि, खेलाडीलगायतलाई सम्मान गरिएको थियो । उपमहानगरपालिकाको परिसरमा विभिन्न व्यक्ति, समुदाय र संस्थाले उत्पादन गरेका वस्तुको स्टल राखिएको थियो ।

२०२६ साल मंसिरमा हेटौंडालाई तत्कालीन सरकारले नगर पञ्चायत घोषणा गरेको थियो । २०४८ सालमा नगरपालिका घोषणा गरिएको थियो । नेपाल सरकारको २०७१ वैशाख २१ गतेको निर्णयअनुसार चुरियामाई, पदमपोखरी, हटिया र हर्नामाडी गाविसलाई नगरपालिकामा गाभेर २६ वडामा विभाजन गरिएको थियो । त्यसैगरी नेपाल सरकारको २०७१ साल मंसिर १६ गतको निर्णयअनुसार बसामाडी गाविस पनि हेटौंडा नगरपालिकामा गाभेर २९ वडामा विभाजित गरिएको थियो । २०७३ फागुन २७ गते हेटौंडा उपमहानगरपालिका घोषणा गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका समुन्द्री सतहबाट ३६० मिटरदेख १८०० मिटरको उचाइमा रहेको छ । २ सय ६२ वर्ग किलोमिटरमा फैलिएको हेटौंडा उपमहानगरपालिकामा एक लाख ९३ हजार ५ सय ७६ जनसंख्या छ ।

प्रकाशित : फाल्गुन १, २०८० ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?