१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घाइते युवकको मृत्यु भएपछि ४ जना प्रहरी नियन्त्रणमा

केदार शिवाकोटी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको गामनागीमा गम्भीर घाइते अवस्थामा फेला परेका युवकको मृत्यु भएपछि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते युवकको मृत्यु भएपछि ४ जना प्रहरी नियन्त्रणमा

मंगलबार बिहान चरिकोट–मुडे सडक खण्डमा घाइते अवस्थामा भीमेश्वर नगरपालिका–८ बोचका २५ वर्षीय सोनाम तामाङ फेला परेका थिए । उनको उपचारका क्रममा मृत्यु भएपछि अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको दोलखाका डीएसपी दिपक खड्काले बताए ।

‘बुधबार राति मृतक युवासहित ५ जना मादक पदार्थ सेवन गरेर झगडा गरेको देखिएको छ,’ उनले भने, ‘झगडापछि सोनाम मोटरसाइकल लिएर हिँडेको र अचेत अवस्थामा फेला परेका थिए ।’

उनीहरूबीच झगडा हुँदा नियन्त्रणमा लिएका २ जना सामान्य घाइते भएको उनले बताए । मृतकका शरिरमा चोटपटक पनि देखिएको उनले बताए । 'कुटपिटबाट मृत्यु भएको हो या सवारी दुर्घटनाबाट हो भन्ने अनुसन्धान भइरहेको छ,' खड्काले भने ।

प्रकाशित : फाल्गुन १, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?