६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

भर्‍याङडाँडामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

प्रताप विष्ट

हेटौडा — भीमफेदी कुलेखानी-फाखेल सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका-२, भर्‍याङडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार काठमाडौंबाट हेटौडातर्फ आइरहेको बा ९० प ३६०४ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा मोटरसाइकल चालक ५० वर्षीय राजेन्द्र पिठाकोठीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ

हेटौडा उपमहानगरपालिका-६, चौघडाका पिठाकोठी मोटसाईकलमा एक्लै थिए । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ५ सय मिटर तल खसेको इलाका प्रशासन कार्यालय भीमफेदीका प्रहरी निरिक्षक सचिता थापा मगरले जानकारी दिइन् ।

प्रहरीले घटनास्थलमा मुचुल्का सकेर पिठाकोठीको शव हेटौडा ल्याउँदैछ ।

प्रकाशित : माघ २९, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?