कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भ्रष्टाचारले समाजिक र न्यायिक प्रणाली ध्वस्त बनाउँछ : प्रदेश प्रमुख शर्मा

माघ २८, २०८०
भ्रष्टाचारले समाजिक र न्यायिक प्रणाली ध्वस्त बनाउँछ : प्रदेश प्रमुख शर्मा

हेटौडा — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्ने परिपाटी रहेसम्म भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार हेटौंडास्थित आयोगको कार्यालयले गरेको कार्यक्रममा प्रदेश प्रमुख शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रक्रियाको सिलसिलेवार प्रणालीलाई कमजोर बनाउँदै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्ने बताए ।

राजनीतिक, आर्थिक, सामाजिक लगायतका समग्र पक्षहरुमा हुन सक्ने सम्भावित बेथिति र विचलनहरुलाई समुल नष्ट नगरेसम्म न्याय, समानता र सुशासनको सिद्धान्त स्थापित, सवल र सुचारु हुन नसक्ने उनको तर्क थियो ।

उजुरीहरुको छानविन र अभियोजनमा आयोगले निपष्क्षता र तटस्थतालाई मुल मन्त्र मानेर काम गर्नसमेत उनले आग्रह गरे । कार्यक्रममा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामा, प्रदेश प्रहरी प्रमुख विष्णु कुमार केसी लगायत सहभागी थिए ।

प्रकाशित : माघ २८, २०८० १७:३५
×