कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

साैराहामा गाेही संरक्षण मेला

रमेशकुमार पौडेल

चितवन — राप्ती खाेला किनार र त्यस नजिककाे चित्रसारी चाैर र सरसफाइ गरेर शुक्रबारदेखि पर्यटकीय क्षेत्र साैराहामा नेपाल गाेही संरक्षण मेला-२०८० सुरू भएकाे छ ।

साैराहामा गाेही संरक्षण मेला

शुक्रबार दिउँसाे रत्ननगर र खैरहनी क्षेत्रका विभिन्न आठ विद्यालयका विद्यार्थी माझ गाेही संरक्षण सचेतना शिक्षा कार्यक्रम भएको छ । शनिबार पनि विविध कार्यक्रम हुने गाेही मेलाकाे आयाेजना केयर फर नेचर नामक संस्थाले गरेकाे हाे ।

मेलाकाे मूल नारा 'गाेही र नदी प्रणालीकाे सुरक्षाका लागि समुदायकाे ऐक्यबद्धता" भन्ने छ । नेपालमा दुई प्रजातिका गाेही पाइन्छ । सफा बगेकाे पानीमा बस्ने घडियाल गाेही अति संकटापन्न प्रजाति हाे । त्यसै गरि मगर गाेही पनि जाेखिम अवस्थामा परेकाे जीव हाे ।

'यी प्रजातिमाथि बढेकाे जाेखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका सर्वसाधरण र अगुवाहरूलाई समेटेर कार्यक्रम गर्न लागेकाे हाे' मेला संयाेजक रञ्जना भट्टले भनिन् । घडियाल चितवनकाे नारायणी र राप्ती तथा बर्दियाकाे बबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० काे हाराहारीमा घडियाल पाइने भट्टले बताइन् ।

सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गाेही नदी प्रदूषण र मानवीय गतिविधिका कारण संकटमा परेकाे छ । माछा मार्न प्रयाेग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् । राप्ती नदीमा मिसिने खहरे खाेलामा पनि घडियाल देखिन थालेकाे हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेकाे बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले बताए ।

घडियाल गाेही आक्रमक पनि नहुने र स्वच्छ नदीकाे सुचकका रूपमा रहने भएका कारण यसकाे संरक्षण हुनुपर्ने भट्टकाे भनाइ छ । त्यसैगरी घडियालभन्दा बढी आक्रमक भए पनि मगर गाेहीले मान्छेलाई पछ्याएर कहिल्यै आक्रमण नगर्ने भट्टले बताइन् ।

घडियालले माछा बाहेक अरू नखाने हुँदा मान्छेलाई आक्रमण गर्दैन । मगर गाेहीले गर्ने आक्रमण दुर्घटनावस हुने गरेकाे भट्टले बताइन् । त्यसैले यस्ता दुर्घटनाहरू राेक्न पनि गाेहीका विषयमा स्थानीयहरू जानकार हुनु पर्ने उनकाे भनाइ छ ।

प्रकाशित : मंसिर २२, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?