१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

५ किलो चाँदीसहित तीन जना पक्राउ

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१५ स्थित प्रहरीको सुरक्षा पोष्टबाट मकवानपुर प्रहरीले ५ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–३ का ३२ वर्षीय राम भट्ट, भरतपुर महानगरपालिका–२९ का २७ वर्षीय मिनबहादुर गुरुङ र भारत महाराष्ट्रका २४ वर्षीय विजय मारुती छन् ।

सोमबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ७१४० नम्बरको कारलाई सुरक्षा जाँच गर्दा कारको पछाडी लुकाई ल्याएको ५ किलो चाँदीसहित उनीहरुलाई पक्राउ गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चाँदी, कार र तीनै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रकाशित : मंसिर १९, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?