१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन 

ज्योती श्रेष्ठ

काभ्रे — व्यापारिक सम्बन्ध विस्तार गर्न जापनिज उद्यमी तथा व्यवसायीहरुले बनेपा नगरपालिकामा रहेका कृषि फार्म, उद्योग, पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेका छन् । उनीहरुले मंगलबार बनेपाका विभिन्न स्थानमा रहेका उद्योग तथा फार्महरुको अवलोकन गरेका हुन् । 

जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन 

नेपाल र जापन बीचको व्यापारिक सम्बन्धलाई बिस्तार गर्नका लागि जापनिज उद्यमी तथा व्यवसायीहरुले बनेपाका विभिन्न उद्योग तथा फार्महरुमा अवलोकन तथा अध्ययन गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।

जापानको ख्यातिप्राप्त निर्माण कम्पनी, खाद्य उत्पादन कम्पनी, शैक्षिक क्षेत्र, पर्यटनलगायतका क्षेत्रका उद्यमी तथा व्यवसायीहरुलाई बनेपाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए । स्वागतपश्चात् उनीहरुले बनेपा-१ स्थित नगरकोट भ्यूटावर, वडा नं २ स्थित स्वेत बाराही माध्यमिक विद्यालय, वडा नं ४ स्थित कृषि फार्म, विभिन्न औषधि उद्योग, दूग्ध डेरी उद्योग लगायतका उद्योगहरुको अवलोकन गरेको नगरपालिकाले जनाएको छ ।

जापनिज उद्यमी तथा व्यवसायीहरुले ३ दिनसम्म बनेपाका विभिन्न उद्योग तथा फार्महरु अवलोकन तथा अध्ययन गरी नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने उनले बताए । २ महिनाअघि बनेपाका जनप्रतिनिधिहरुले जापनको गोछु सहर भम्रण गरेका थिए । त्यहाँ रहेको विभिन्न औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको नगरपालिकाकी उपप्रमुख सापकोटाले बताइन् ।

प्रकाशित : मंसिर १९, २०८० २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?