११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बर्दियामा ब्राउन सुगरसहित दुई पक्राउ

कमल पन्थी

बर्दिया — भारतबाट लुकाइछिपाई भित्र्याइएको प्रतिबन्धित ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २८ वर्षीय सुजन पुनमगरलाई प्रहरीले १ ग्राम ३ सय १० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित पक्राउ गरेको हो ।

भारतको बलैगाउँ हुँदै बढैयातालको जमुनीतर्फ पैदल आउँदै गरेका पुनलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए । पक्राउ परेका विरुद्ध अनुसन्धान जारी रहेको उनले जनाए ।

प्रकाशित : मंसिर १४, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?