कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विश्व शान्तिको कामना गर्दै स्थानीयले गरे १ करोड दिप प्रज्वलन

नवीन पौडेल

(परासी) — विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२, भुमहीमा १ करोड दिप प्रज्वलन गरीएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन् ।

विश्व शान्तिको कामना गर्दै स्थानीयले गरे १ करोड दिप प्रज्वलन

समितिले चतुर्मास सत्संग २०८० को अवसरमा अष्टदश पुराण कथा प्रवचन समेत गरिएको छ ।

विश्व शान्तिको उद्देश्यले ३२ हात लम्बाई र ३२ हात चौडा क्षेत्रफलमा मण्डपमा चन्ऽ, सूर्य, सट्कोण, त्रिभुज र स्वस्तिक चिन्ह बनाएर १ करोड दिप प्रज्वलन गर्दै अखण्ड किर्तन गरीएको श्री हरि आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष एवं संकल्पकर्ता कृष्ण पाण्डेले बताए । यस्तै, प्रतिष्ठान समितिले एक हजार ८ भजन सन्ध्या, अनलाईन गुरुकुलम सुरु गरेर १ लाख ८ वटा गिता वितरण गर्ने कार्यक्रम छ ।

प्रकाशित : मंसिर १०, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?