१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाकाे निधन भएकाे छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका-१ दुबिचाैरका ४३ वर्षीय हरि पाैडेलकाे बाघले आक्रमण गर्दा ज्यान गएकाे हाे ।

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जकाे मध्यवर्ती क्षेत्र जाेगिताल गएका पाैडेललाई बिहान पाैने १० बजे तिर बाघले आक्रमण गरेकाे चितवन निकुञ्जकाे लाेथर मध्यवर्ती उपभाेक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बाेले बताए ।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएकाे हाे । याे आर्थिक वर्षकाे साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाकाे निधन भइसकेकाे निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?