कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नुवाकोटको गुर्जेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

कान्तिपुर संवाददाता

नुवाकोट — रोकिराखेको टाटासुमो गाडी एक्कासी गुडेर भीरबाट खस्दा ६ जना घाइते भएका छन् । काठमाडौंबाट आइतबार नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारतर्फ गइरहेको ना १ ज ६३३१ नम्बरको टाटा सुमो गुर्जेमा दुर्घटना भएको हो ।

शिवपुरी गाउँपालिका-६ गुर्जेमा उक्त गाडी 'ह्यान्ड ब्रेक' नलगाई चालक शौचालय निस्किएपछि अचानक गुड्न गई करिब ३ सय मिटर तल भीरमा बसेको हो । केही यात्रु गाडीको ढोका खोलेर निस्कन सकेकोले थप घाइते हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घाइते ६ जनामा धेरैजसो बालबालिका रहेका छन् ।

घाइते सबैको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुमोमा चालकसहित १३ जना सवार थिए । चालकलाई नियन्त्रण लिई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर ३, २०८० १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?