कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका भएका छन । हेटौंडा राप्ती पुलनजिकै भएको मोटरसाइकल दुर्घटनामा हेटौंडा उपमहानगरपालिका—४ का २२ वर्षीय महेन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले वताए ।

मोटरसाइकल पछाडि सवार रहेका हेटौंडा—२ की वेविसा खडकी र विनिता थापा घाइते भएका थिए । वेविसा खड्कीलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । तीन जना सवार ना ६ प ७०५५ नम्बरको मोटरसाइकल उक्त मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा लडेको थियो ।


प्रकाशित : कार्तिक २७, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?